nmb bank

गृहपृष्ठ मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने

मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने

मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने

सिरहाको लहान नगरपालिकाले मोतिविन्दु पहिचान भएकालाई निशुल्क शल्यक्रिया गर्ने भएको छ । नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा लहान–२४ मा आज निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

उक्त आँखा शिविरमा दुई सय ९७ जनाले आँखा जाँच गराएका छन् । जसमध्ये ९८ जनाको आँखामा मोतिविन्दु भेटिएको छ । मोतिविन्दुको बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

नगर प्रमुख चौधरीसहित उपप्रमुख रामचलितर महतो, वडाअध्यक्ष रासलाल रायलगायतले आँखा शिविर कार्यक्रम निरीक्षण गरेका थिए । नगरपालिकाले गत आर्थिक वर्षमा पनि एक हजार ९१ जनालाई निःशुल्क रुपमा मोतिविन्दुको शल्यक्रिया गराएको थिया । गतवर्ष सात हजार भन्दा बढीले आँखा जाँच, उपचार र औषधि पाएका थिए ।

प्रकाशित समय : २२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु