nmb bank

गृहपृष्ठ नेपालले दियो आयरल्यान्डलाई २१४ रनको लक्ष्य

नेपालले दियो आयरल्यान्डलाई २१४ रनको लक्ष्य

नेपालले दियो आयरल्यान्डलाई २१४ रनको लक्ष्य

 

आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ए ले तेस्रो तथा अन्तिम टी(२० खेलमा आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो ।

नेपालका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा नट आउट रहे । कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे ।

नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए ।

प्रकाशित समय : १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु