global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ महिला फुटबल टोली सम्मानित

महिला फुटबल टोली सम्मानित

महिला फुटबल टोली सम्मानित
नेपाल स्पोर्ट्स फेलोसिपले नेपालको महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । गत फागुनमा साउदी अरेबियामा भएको पश्चिमी एसियाली गल्फ राष्ट्रहरुले खेल्ने वाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीले देशको नाम उच्च पारेको भन्दै फेलोसिपले ‘इस्टर फेस्ट फेलोसिप २०२४’ अन्तर्गत सम्मान गरेको हो । सम्मानस्वरुप नेपाली महिला फुटबल टोलीले ७५ हजार र उपहार प्राप्त गरेका छन् ।
वाफ च्याम्पियसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित भएको थियो । उक्त च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता नेपालले लेबनानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।  कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले वाफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई बधाई दिए । उनले नेपालमा खेल पूर्वाधारको कमी रहको चर्चा गरे ।
राईले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सके मात्र मुलुकको भविष्य उज्वल हुने भनाइ व्यक्त गरे । खेलकर्मीको भेलाको रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका सबैजसो खेलका करिब एक सयभन्दा बढी खेलाडी, प्रशिक्षक र व्यवस्थापकको उपस्थिति थियो ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु