nmb bank

गृहपृष्ठ साना किसान विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

साना किसान विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

साना किसान विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।

कम्पनीले प्रतिकित्ता ३३० रुपैयाँ अंकित मूल्यमा साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

चैत १९ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताले वैशाख २३ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीले चैत १९ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ ।

आवेदन फारम विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र साना किसान विकास लघुवित्तको झापा, सुनसरी, महोत्तरी, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत, काठमाडौं, सिराहा र कैलालीमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।

प्रकाशित समय : १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु