global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भिनाजुको एसईई परीक्षा दिँदै गर्दा कृष्ण महतो पक्राउ

भिनाजुको एसईई परीक्षा दिँदै गर्दा कृष्ण महतो पक्राउ

भिनाजुको एसईई परीक्षा दिँदै गर्दा कृष्ण महतो पक्राउ

सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

आइतबार जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका– ३ हरकठवा परीक्षा केन्द्रबाट भिनाजुको नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतोलाई प्रहरीले सूचनाका आधारमा पक्राउ गरेको हो ।

कृष्ण आइतबार भिनाजु राकेशकुमार महतो (सिम्बोल नं ०२२१००४५) को अनिवार्य गणित विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका थिए ।

कृष्णलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेको पुष्टि गरेपछि पक्राउ गरेको हो । राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब उनले अन्य विषयको परीक्षा समेत दिन नपाउने भएका छन् ।

नक्कली परीक्षार्थी कृष्ण महतोलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतोले बताए ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु