nmb bank

गृहपृष्ठ ब्राइटनमाथि लिभरपुलको कमब्याक जित

ब्राइटनमाथि लिभरपुलको कमब्याक जित

ब्राइटनमाथि लिभरपुलको कमब्याक जित

लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई पराजित गरेको छ । इतबार सम्पन्न खेलमा लिभरपुलले ब्राइटनमाथि २(१ गोल अन्तरको कमब्याक जित हासिल गरेको हो ।

खेलको दोस्रो मिनेटमा नै गोल खाएको लिभरपुलले कमब्याक गर्दै २ गोल गरेर खेल जितेको छ । लिभरपुलको जितमा खेलको २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यस अघि खेलको दोस्रो मिनेटमा डानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई शुरुवाती अग्रता दिलाएका थिए ।

यो जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको २९ खेलमा ६७ अंक रहेको छ । त्यसैगरी ब्राइटनको २९ खेलमा ४२ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

प्रकाशित समय : २१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु