nmb bank

गृहपृष्ठ ग्लोबल मनी विकमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता

ग्लोबल मनी विकमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता

ग्लोबल मनी विकमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता

सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले सप्ताहव्यापी रूपमा ‘ग्लोबल मनी विक २०२४’ मनाएको छ ।

‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ अभियानलाई सार्थक बनाउन बैंकले विभिन्न विद्यालय एवं क्याम्पस गरी ३४ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीमा वित्तीय ज्ञान, शीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।

कार्यक्रमबाट वित्तीय शिक्षाको महत्त्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तरराष्ट्रिय अभियान ‘ग्लोबल मनी विक’को उद्देश्यलाई प्राप्त गर्न मद्दत पुगेको बैंकको विश्वास छ ।

प्रकाशित समय : १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु