nmb bank

गृहपृष्ठ चट्याङबाट कसरी बच्ने ,यस्ता छन उपाय

चट्याङबाट कसरी बच्ने ,यस्ता छन उपाय

चट्याङबाट कसरी बच्ने ,यस्ता छन उपाय

यो मौसम हावाहुरी, हल्का वर्षा र चट्याङ पर्ने वेला हो । चट्याङ लागेर प्रत्येक वर्ष धेरै मानिसले ज्यान गुमाउने गरेका छन् ।

विपरीत दिशाबाट आएका बादल आपसमा ठोक्किँदा तिनका अणुबीच हुने घर्षणबाट चट्याङ उत्पन्न हुन्छ । यो विद्युतीय तरंग हो ।

यसबाट विद्युतीय विस्फोटन हुन्छ । बादलबीचमा बग्ने करेन्ट निकै शक्तिशाली हुन्छ । यस्तो करेन्ट तीन हजारदेखि तीन लाख एमपिएससम्मको हुन्छ ।
बादल र जमिनबीच कम दूरी रहेको स्थानमा चट्याङको जोखिम बढी हुन्छ । त्यसैले त्यस्ता स्थानबाट टाढा रहनुपर्छ ।

चट्याङ परेको समयमा अग्ला स्थान, टावर र ठूला रूखनजिक बस्नुहुँदैन । समथर वा खुला भूभाग वा धातुको तारबार भएका स्थानबाट पनि टाढा रहनुपर्छ ।
विद्युतीय तारजडित सामानमा चट्याङ प्रवाह हुने जोखिम बढी रहन्छ । त्यसैले चट्याङ पर्ने मौसममा त्यस्ता वस्तुलाई टाढा राख्नुपर्छ ।

वर्षात् भइरहेको समयमा टिभी र तारजडित फोन प्रयोग गर्नुहुँदैन । तारसहितको फोनको तुलनामा मोबाइलमा जोखिम कम हुन्छ । त्यसैले आकस्मिक अवस्थामा ल्यान्डलाइन फोन प्रयोग गर्दै नगरौँ । त्यस्तो अवस्थामा मोबाइल फोन उपयुक्त हुन्छ ।

छत नभएका सवारीसाधनमा हुनुहुन्छ भने तुरुन्त सुरक्षित स्थानमा जानुपर्छ । चट्याङ परिरहेको समयमा धारा खोलेर बस्नु जोखिमयुक्त हुन्छ । यस्तो समयमा हात धुन वा नुहाउन बाल्टिनमा राखेको पानी प्रयोग गर्नुपर्छ ।

 

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु