nmb bank

गृहपृष्ठ पायल्स भएमा के गर्ने ?

पायल्स भएमा के गर्ने ?

पायल्स भएमा के गर्ने ?

मलद्धार सम्बन्धि जति पनि रोग हुन्छन् ती सबै पायल्स नै हो भनेर बुझने गरिन्छ । कसैलाई कुनै रोग देखियो भने पनि पायल्स भयो भनेर भन्छन । तर नियालेर हेर्ने हो भने सबै मलद्धार सम्बन्धि रोग पायल्स नहुन सक्छ । दिसा गर्ने ठाउँमा विभिन्न समस्याहरु हुने हुन्छ । जस्तै दुख्ने, पोल्ने, चर्याउने, दिसा साह्रो आउने, रगत जाने, सुनिने, मासु पलाउने, चिलाउने लगायतका समस्या यी सबै पायल्स हुदैनन ।

पायल्स भएको छ भने मासु पलाउने हुन सक्छ अथवा रगत जाने हुन सक्छ । पायल्समा प्रायजस्तो रगत जम्ने कन्डीसन हुन्छ । यदी मलद्धारबाट रगत गइरहेको छ भने अन्य कारणले पनि हुन सक्छ जस्तै च्यात्तिएर, फाटेर एनल फिसरले गर्दा पनि हुनसक्छ । त्यसैगरि अल्सर घाउ भएको हुन सक्छ । आन्द्रा पाकेको अथवा अरु रोग जस्तै क्रोम्स डिजिज, अल्सरल कोलाइटि यी रोगले पनि भएको हुन सक्छ । अथवा आन्द्रामा रगत फाल्ने सानो मासु होलिप ले पनि हुन सक्छ । क्यान्सरले गर्दा पनि रगत बगेको हुनसक्छ । यी कारणले रगत बग्दा पनि मानिसहरुलाई पायल्स भएको हो भन्ने भ्रम हुन्छ । त्यसैले समयमै पहिचान गरि निदान गर्यो भने पछि जटिलता हुदैन ।

कस्ता व्यक्तिमा देखिन्छ ?
मलद्धार सम्बन्धि रोग पहिला पहिला उमेर बढी भएका बृद्धबृद्धा, धेरै हिडडुल गर्न नसक्ने व्यक्ति, लामो समय कब्जीयत भएका व्यक्तिहरुमा देखिने गर्दथ्यो भने अहिले मुख्यतया खानपिन र लाइफस्टाइलले गर्दा बालबालिकाहरुमा पनि देखिन थालेको छ । बालबालिकामा पनि कब्जियत हुने, दिसाबाट रगत जाने गरेको छ ।

पछिल्लो समय फाइबर कम भएको, प्राकृतिक खानेकुरा कम खाने, जंगफुड बढी खाने, समयमा खाना नखाने, पानी कम खाने, फलफुल कम खाने हुँदा बालबालिकादेखिनै यो समस्या देखिदै गएको छ ।

के गर्ने ?
पायल्स भयो भनेर जथाभाबी औषधीको सेवन नगर्ने ।
मलद्धार सम्बन्धि समस्या देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श गरी उपचार गर्ने ।
प्रसस्त पानी पिउने ।
जंगफुड नखाने ।
समयमा खाना खाने ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु