nmb bank

गृहपृष्ठ हावाहुरीले एकको मृत्यु

हावाहुरीले एकको मृत्यु

हावाहुरीले एकको मृत्यु

हिमाली जिल्ला डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रहरी टोली गइरहेको प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए ।

बुढाको उपचारका लागि जुम्ला लैजाँदै गर्दा सोही गाउँपालिकाको लामाचौरमा शनिबार राति मृत्यु भएको उनले बताए । खेतका लागि मल ल्याएर फर्कंदै गर्दा मुसेखोला भन्ने ठाउँमा च्यापिएर उनको निधन भएको हो । उनले सँगै लिएका दुई वटा घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु