nmb bank

गृहपृष्ठ पूर्वाञ्चलको उपकुलपतिमा १७ जनाको दरखास्त स्वीकृत

पूर्वाञ्चलको उपकुलपतिमा १७ जनाको दरखास्त स्वीकृत

पूर्वाञ्चलको उपकुलपतिमा १७ जनाको दरखास्त स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन दिएकामध्ये १७ जनाको दरखास्त स्वीकृत भएको छ।

उपकुलपति माग गर्दै गत माघ २३ गते दरखास्त आह्वान भएको थियो। १८ जनाले दरखास्त दिएकोमा एक जनाको अस्वीकृत भएको छ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आइतबार १७ जनाको दरखास्त स्वीकृत गरेको छ।

दरखास्त स्वीकृत भएकाहरूको आलोपालोअनुसार चैत २७, २८ र २९ गते सोच पत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणका लागि समय पनि दिइएको छ।

शुभनारायण पाठक, अनिलकुमार पोखेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोख्रेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहालको दरखास्त स्वीकृत भएको हो।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु