nmb bank

गृहपृष्ठ रौतहटमा एक आपासमा मोटरसाइकल ठोक्किदा २५ बर्षीय युवकको मृत्यु

रौतहटमा एक आपासमा मोटरसाइकल ठोक्किदा २५ बर्षीय युवकको मृत्यु

रौतहटमा एक आपासमा मोटरसाइकल ठोक्किदा २५ बर्षीय युवकको मृत्यु

आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन ।

आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

रौतहटको हुलाकी राजमार्गमा बौधिमाई नपा ४ इनर्वारीका २५ बर्षीय सुरेश पासवान र परोहा नपा जिगडवा निवासी अलियासको मोटरसाइकल एक आपसमा ठक्कर दिदा ठूलो दुर्घटना भएको थियो । दुर्घटना हुँदा खेरी नै बौधीमाई न।पा वडा नं ४ निवासी सुरेश पासवानको अवस्था निकै कमजोर रहेको हुँदा थप उपचारको लागि वीरगंज पठाइएको थियो । तर, अस्पतालले उनलाइ मृतक घोषणा गरेका थिए ।

 

 

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु