nmb bank

गृहपृष्ठ दुई वटा संसदीय समितिको बैठक बस्दै

दुई वटा संसदीय समितिको बैठक बस्दै

दुई वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा सङ्घीयता सबलीकरण गर्न आगामी आ.व. २०८०/८१ को बजेट मा सङ्घ, प्रदेश र स्थानीय तहबिच वित्तीय हस्तान्तरणको तयारी, राजश्व र प्राकृतिक स्रोत उपयोग एवं लाभ बाँडफाँडको अवस्था, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस कार्यान्वयनको अवस्था, विद्युत् प्रसारण आयोजनाको हालसम्मको कार्य प्रगति र समस्याको बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु