global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित

विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ ।

उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो ।

तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको थिएन ।

खेल स्थगित भएपछि विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो खेलमा ३-० ले विजेता घोषित गरेको छ ।

एशिया विश्वकप छनौटको समुह बी मा रहेको जापान ९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने यस समुहमा रहेको सिरिया ४ खेलमा ७ अंकसहित दोस्रो, उत्तर कोरिया ३ खेलमा ३ अंकसहित तेस्रो र म्यान्मार ४ खेलमा एक अंकसहित चौथो स्थानमा रहेका छन् ।

प्रकाशित समय : ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु