nmb bank

गृहपृष्ठ १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्रीमा

१ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्रीमा

१ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्रीमा

जलविद्युत् लगानी तथा विकास कम्पनीको हकप्रद नबिकेको (एचआईडीसीएल)को १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री हुने
भएको छ । चैत २५ देखि बैशाख ९ गतेसम्म सर्वसाधारण तथा संघसंस्थाहरुले शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने छ ।

ग्लोबल आईएमई क्यापिटल अनुसार १ सय रुपैयाँ प्रतिकित्ता नघट्नेगरी आवेदनका साथ रकम जम्मा गरेको निस्सा संलग्न गर्नुपर्नेछ । न्यूनतम १ सय कित्ता र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सकिने छ ।

ग्लोबल आईएमई क्यापिटलको कार्यालय, ग्लोबल नक्साल, आईएमई बैंकका नयाँ बानेश्वर, विर्तामोड,जनकपुरधाम,  विराटनगर, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, बागलुङ बजार, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट फारम पाइने र सोही केन्द्रमा बुझाउन सकिने छ । सेयर बाँडफाँट भई नेपाल स्टक एक्स्चेन्जमा सूचीकरणपश्चात एचआईडीसीएलपी संकेतमा कारोबार हुनेछ ।

प्रकाशित समय : ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु