nmb bank

गृहपृष्ठ नेपाल ह्यान्ड सर्जरी सोसाइटीको सम्मेलन सम्पन्न

नेपाल ह्यान्ड सर्जरी सोसाइटीको सम्मेलन सम्पन्न

नेपाल ह्यान्ड सर्जरी सोसाइटीको सम्मेलन सम्पन्न

नेपालमा पहिलो पटक हातको शल्यचिकित्सा सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय शल्यचिकित्सक एंव विज्ञसम्मिलित सम्मेलन भएको छ । नेपाल ह्यान्ड सर्जरी सोसाइटीको आयोजनामा आज सम्पन्न सम्मेलनमा हातमा हुने शल्यक्रियाका विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञबीच अनुभव र ज्ञान आदानप्रदान भयो ।

सम्मेलनमा एसिया प्यासिफिक फेडेरेशन अफ ह्यान्ड सर्जरी सोसाइटीका अध्यक्ष एन्थोनी वर्गर र महासचिव डा. अल्फानोसस चोंग खिन सेजलगायतको उपस्थिति थियो । यस्तै अष्टे«लिया, भारत, बङ्गलादेश र सिंगापुरलगायतका देशका चिकित्सकहरुको पनि उपस्थिति रहेको नेपाल ह्यान्ड सर्जरी सोसाइटीका महासचिव डा. सिलु श्रेष्ठले जानकारी दिए।

हातको समस्या व्यवस्थापनमा अनुभवहरु साटासाट गर्न सम्मेलन सहयोगी बनेको बताए । “नेपालमा धेरैजसो अर्थोपेडिक, प्लास्टिक र जनरल सर्जनले नै हातको समस्या हेर्दै आएको छ । यससम्बन्धी उपचारको चुनौतीलाई सामना गर्न अझै पनि पर्याप्त तालिम र सीपको आवश्यकता छ”, डा. श्रेष्ठले भने, “नेपालमा हातको विशिष्ट शल्यचिकित्सा भनेर छुट्याइएको छैन ।”

हातसम्बन्धी समस्यालाई हेलचेक्रयाइ नगर्न आग्रह गरे । उनले भने, “हातमा भएको समस्या हो केही फरक पर्दैन, मुटु र मिर्गौलामा हैन भनेर बेवास्ता गर्नुहँदैन ।” सम्मेलनमा एक सय ३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय शल्यचिकित्सक एवं विज्ञको सहभागिता थियो । सोसाइटीका अध्यक्ष डा. निराजन पराजुलीको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमितिको आजै घोषणा गरिएको छ ।

प्रकाशित समय : २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु