nmb bank

गृहपृष्ठ इलामे जनताले गरेको विश्वास तोड्दिनँ: मिलन लिम्बू

इलामे जनताले गरेको विश्वास तोड्दिनँ: मिलन लिम्बू

इलामे जनताले गरेको विश्वास तोड्दिनँ: मिलन लिम्बू

राष्ट्रिय स्वतन्त्र पार्टीका इलाम -२ का उम्मेदवार मिलन लिम्बूले इलामे जनताले गरेको विश्वास आफूले टुट्न नदिने बताएका छन् ।

आज रास्वपाको उम्मेदवार घोषणा सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई रास्वपाले भरोषा गरेर उम्मेदवारको रुपमा उभ्याएकोप्रति आभार समेत व्यक्त गरे ।

‘इलामे जनताले चमत्कार गरेर मलाई जिताएर संसद भवन पठाउँदै हुनुहुन्छ । इलामे जनताको दुःखको पोको राखेर खुसी लिएर फर्कनेछु । यस पटक घण्टीमा मतदान गरेर आफूलाई सहयोग गरिदिन आग्रह गर्छु ।’ उनले भनेका छन् ।

लिम्बूले आफू गरिब परिवारमा जन्मेको व्यक्ति भएकाले पैसाको खोलो बगाएर चुनाव जित्न नसक्ने बताए । आफूलाई दुःखमा अघि बढाउँदै समाजलाई कुनै न कुनै हिसाबले अघि बढाउनुपर्छ भन्ने लागेर आफू आएको उनको भनाइ छ ।

प्रकाशित समय : १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु