nmb bank

गृहपृष्ठ बागमती सरकारमा एमाले सहभागी, थपलियाले लिए मन्त्रीको शपथ

बागमती सरकारमा एमाले सहभागी, थपलियाले लिए मन्त्रीको शपथ

बागमती सरकारमा एमाले सहभागी, थपलियाले लिए मन्त्रीको शपथ

नेकपा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको छ । एमालेबाट संसदीय दलका जगन्नाथ थपलिया मन्त्री नियुक्त भएसँगै एमालेले सरकारमा प्रवेश पाएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेता थपलियालाई शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री जम्कट्टेलले नेता थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

नेता थपलिया दोस्रो पटक प्रदेश सरकारमा सहभागी भएका हुन् । उनी गत २०७९ पुस २६ मा पहिलो पटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए । करिब ४ महिना सरकारमा रहेका उनी राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण परिवर्तन भएपछि एमाले सरकारबाट अलग भएका थिए । 

सो समयमा नेता थपलियाको नेतृत्वमा थप ३ मन्त्रीसहित एमाले सरकारमा सहभागी भएको थियो । समीकरण परिवर्तन पछि चैत १० मा एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएर प्रतिपक्षमा रहने निर्णय गरेको थियो ।

प्रकाशित समय : १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु