global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पेरूका राष्ट्रपति बोलुआर्टेको घरमा छापा मारियो

पेरूका राष्ट्रपति बोलुआर्टेको घरमा छापा मारियो

पेरूका राष्ट्रपति बोलुआर्टेको घरमा छापा मारियो

भ्रष्टाचारको अनुसन्धानका क्रममा पेरूका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन् ।

एएफपीले प्राप्त गरेको प्रहरी दस्तावेजअनुसार बोलुआर्टेले घोषणा नगरेका रोलेक्स घडीको खोजी गरिरहेको उक्त छापामा करिब ४० जना अधिकारी परिचालित गरिएको छ ।

प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्यले’ छापा मारेको पुष्टि गरेको छ ।

बोलुआर्टेले विदेशी उत्पादनको विलासी घडी लगाएको बारेमा रिपोर्ट प्रकाशित गरेपछि अधिकारीहरूले यस महिनाको सुरूमा अनुसन्धान सुरु गरेका थिए तर यसलाई सार्वजनिक रूपमा घोषणा गरिएको थिएन ।

प्रहरी र अभियोजकको कार्यालयबीचको संयुक्त अभियान शनिबारको छापा स्थानीय टेलिभिजन च्यानल ल्याटिनामा प्रसारण गरिएको थियो ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु