nmb bank

गृहपृष्ठ बनेपामा शुक्रबारे हाट सुरु भएपछि किसान खुशी

बनेपामा शुक्रबारे हाट सुरु भएपछि किसान खुशी

बनेपामा शुक्रबारे हाट सुरु भएपछि किसान खुशी

बनेपा नगरपालिका–४ नालाका रिया श्रेष्ठले पहिलो दिन करिब ८० किलोभन्दा बढी ब्रोकाउली बिक्री गरिन् ।

नगरपालिकाको कृषि शाखाले पहिलोपटक शुक्रबारदेखि सञ्चालनमा ल्याएको हाटबजारमा बिक्रीका लागि राखिएको ब्रोकाउली देखाउँदै उनले भनिन्, ‘दु:ख गरी उत्पादन गरेको तरकारी आफैँले बेच्न पाएपछि धेरै आम्दानी गर्न सकिने रहेछ ।’

उत्पादन राम्रो हुने गरेको नालाका किसान श्रेष्ठले ठेकेदारलाई उनीहरुको भाउमा दिनुभन्दा आफैँले बेच्न पाएमा धेरै आम्दानी गर्न सकिने अनुभूति सुनाइन् । ‘बजारमा बेच्न लगेपछि ठेकेदारले जति दियो, त्यति नै थापेर जानुपर्ने हुन्थ्यो, यहाँ ल्याएर आफैँले बिक्री गर्दा त्यहाँको भन्दा निकै फाइदा हुँदोरहेछ’, उनले भनिन् ।

ठेकेदारलाई बेच्दा लगानीको केही खर्च उठ्ने गरे पनि धेरैजसो घाटामा बेच्नुपर्ने भएको उनले बताइन् । यसरी सधैँजसो आफैंले सिधै बेच्ने ठाउँ पाएमा धेरै फाइदा लिन सकिने उनको भनाइ छ ।

लप्सीका क्यान्डीहरु उत्पादन गरी बिक्री गर्दै आएकी नालाकी उद्योगी महालक्ष्मी श्रेष्ठले लप्सीबाट बन्ने विभिन्न परिकारको बिक्री गरी आम्दानी गरेकी छन् । जागरण लप्सी क्यान्डी उद्योग सञ्चालन गर्दै आएकी उनले किसानले आफ्ना उत्पादनहरु सिधैँ उपभोक्तामाझ बिक्री गरेर आम्दानी लिन सकोस् भनेर हाटबजार सञ्चालन गरेपछि बिक्री गर्ने अवसर मिलेको बताइन् ।

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु