nmb bank

गृहपृष्ठ श्रीलङ्कालाई आर्थिक सहयोगको निरन्तरता दिन चीन सहमत

श्रीलङ्कालाई आर्थिक सहयोगको निरन्तरता दिन चीन सहमत

श्रीलङ्कालाई आर्थिक सहयोगको निरन्तरता दिन चीन सहमत

चीनले श्रीलङ्कालाई दिने सहयोग जारी राख्ने बताएको छ । आर्थिक सङ्कटपछि अहिले क्रमिकरूपमा राहत महशुस गरेको श्रीलङ्काका प्रधानमन्त्रीले ऋण पुनर्संरचना सम्झौतालाई अन्तिम रूप दिन बेइजिङको भ्रमण शनिबार पूरा भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता र बोआओ फोरममा सहभागी हुन प्रधानमन्त्री दिनेश गुणवर्धने सोमबार चीन पुगेका हुन् ।

श्रीलङ्काको वर्षौंदेखिको आर्थिक सङ्कट गुणवर्धनेको भ्रमणको क्रममा एजेन्डामा उच्च थियो । श्रीलङ्काको कुल विदेशी ऋणको लगभग १० प्रतिशत हिस्सा चीनले ओगटेको छ ।

बेइजिङको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको संयुक्त द्विपक्षीय वक्तव्यमा भनिएको छ, “चीनले आफ्ना वित्तीय संस्थाहरूलाई श्रीलङ्कासँग सक्रिय रूपमा वार्ता गर्न, अन्य ऋणदाताहरूसँग मैत्रीपूर्ण संवाद कायम गर्न, अन्तर्राष्ट्रिय मुद्रा कोषमा सकारात्मक भूमिका निर्वाह गर्न र श्रीलङ्कालाई आर्थिक राहतमा सहयोग गर्न सहयोग जारी राख्न इच्छुक छ ।”

“बन्दरगाह शहर कोलम्बो र हम्बनटोटा विकास परियोजनालाई प्रबद्र्धन गर्न दुवै पक्ष सहमत भएका छन्, जसलाई ‘बेल्ट एन्ड रोड’ को चीन–श्रीलङ्का संयुक्त निर्माणको दीर्घकालिन परियोजनामा परिणत गर्न सकिन्छ,” चिनियाँ राष्ट्रपति सीको विशाल विश्वव्यापी पूर्वाधार पहल ‘बेल्ट एन्ड रोड’ लाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित समय : १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु