nmb bank

गृहपृष्ठ गाजामा युद्धविरामका लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री सहमत

गाजामा युद्धविरामका लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री सहमत

गाजामा युद्धविरामका लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री सहमत

गाजामा युद्धविरामको लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सहमत भएका छन् ।  इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले गाजामा विनाअवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न इजरायललाई आदेश दिएलगत्तै प्रधानमन्त्री नेतन्याहूले नयाँ वार्ताका लागि सहमति जनाएका छन् ।

गाजा युद्धविराम र बन्धक रिहाइका लागि आउँदो दिनमा कतारको दोहा र इजिप्टको कायरोमा नयाँ वार्ता हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इजरायलले गाजालाई पूर्ण रूपमा घेराबन्दीमा पारेपछि गएको अक्टोबरदेखि गाजामा आवश्यक सामग्रीको अभाव हुँदै आएको छ ।

प्रकाशित समय : ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु