nmb bank

गृहपृष्ठ १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न

१३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न

१३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न

१३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न भएको छ ।

जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौं मा फेसन शो रनवे आधा दर्जन बढि सेलिब्रिटीहरूका साथमा सम्पन्न भएको हो ।

फेसन शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी एउटै र्‍याम्पमा प्रस्तुत गरेका थिए । १३औँ ‘आइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित र्‍याम्पमा प्रस्तुत भएका हुन् ।

जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको ‘आइसी डिजाइनर रनवे’मा भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहनेछ । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए ।

अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत शोमा सहभागिता रहेको
थियो । शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गरेको थियो । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’लाई प्रस्तुत गरिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए।

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु