nmb bank

गृहपृष्ठ जन्डिस भएमा के गर्ने ?

जन्डिस भएमा के गर्ने ?

जन्डिस भएमा के गर्ने ?

साधारण भाषामा आँखा पहेँलो हुनुको साथसाथै छालाको रंग पहेँलो हुने, नङ पहेँलो हुनुलाई जन्डिसको रुपमा बुझछौँ । पित्त बढेर शरिरमा पित्तको संचार जुन रुपमा हुनुपर्ने हो । त्यो संचार हुन सकेन र कुनै रुपमा पित्त शरिरमा रहिरहने र मात्रा बढ्दै गएमा जन्डिस (कमलपित्त) भनिन्छ ।
सबै जन्डिस एकै प्रकारको हुदैन । बिभिन्न कारणले हुने हुन्छ । पित्त कलेजोमा उत्पादन हुन्छ । धेरैजसो रोग कलेजोसँग सम्बन्धित हुन्छ । कलेजो बाहेक रगतको रोगहरुबाट पनि जन्डिस हुन सक्छ । कलेजो भन्दा अघिको कारणबाट हुने जन्डिस, कलेजोको कारणले हुने जन्डिस र कलेजोभन्दा पछि हुने कारणबाट हुने जन्डिस भनेर तिन वर्गमा विभाजन गरिएको छ ।

यदी कसैको रगतको खराबी, होमोलाइटिक रोग छ भने कसैलाई फियोको समस्या, कसैलाई रक्तकोषको समस्याका कारणले पनि जन्डिस हुन्छ । यसलाई प्रि हेपाटिक भन्छौँ । यो जन्मजात पनि हुनसक्छ । रगतको क्यान्सर, रगत सम्बन्धि अन्य रोग, फियोको खराबी लगायतको कारणले देखिने हुन्छ ।

त्यसैगरि कलेजो सम्बन्धि रोगमा पनि जन्डिस देखिन्छ । विभिन्न कारणले हुने हेपाटाइटिसका रोगहरुले पनि जन्डिस हुन्छ । पित्तथैलीको पत्थरी पित्तनलीमा गयोभने, पित्तनलिमा पत्थरीले ब्लग भयो भने पनि जन्डिस गराउन सक्छ । रक्त संचारहुने नसाहरु खुम्चीएको अवस्थामा पनि जन्डिस हुन सक्छ । जन्डिस हुने कारण अनेकौ छ । एउटै रुपमा बुझनुहुदैन ।

लक्षणहरु
हेपाटाइटिसको कारणले भएको जन्डिसमा कसैकसैलाई दाहिने कोखामा मन्द दुखाई हुने
मन्दखालको ज्वरो आउने
खानमन नलाग्ने, वाकवाकि हुने, अरुची हुने
पिसाब पहेँलो हुने
आखाँ पहेँलो हुने
दिसामा सेतो देखिने

के गर्ने ?
चिल्लोपदार्थ नखाने
अल्कोहल जन्य खानेकुरा नखाने
धुम्रपान, मद्यपापान नगर्ने ।
जथाभाबी औषधीको सेवन नगर्ने ।
पर्याप्त आराम गर्ने ।
जन्डिसको लक्षण देखिएमा रगतको जाँच, अल्टासाउन्ड र पेटको एमआरसिटि जाँच गरेर पनि यसको निदान गर्न सकिन्छ ।

 

 

 

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु