nmb bank

गृहपृष्ठ दोहा उडेको वायुसेवा निगमको जहाजमा समस्या आएपछि पुनः विमानस्थल फर्काइयो

दोहा उडेको वायुसेवा निगमको जहाजमा समस्या आएपछि पुनः विमानस्थल फर्काइयो

दोहा उडेको वायुसेवा निगमको जहाजमा समस्या आएपछि पुनः विमानस्थल फर्काइयो

दोहातर्फ जाँदै गरेको नेपाल वायुसेवा निगमको वाइडबडीमा प्राविधिक समस्या देखिएपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ ।

हिजो ९बिहीबार० राति २ सय ६५ यात्रु बोकेर काठमाडौंबाट उडेको ४४ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको हो । अल्फा लिमा यंकी ९अन्नपूर्ण०को हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि चालकदलले १२ बजे राति उडेको वाइडबडीलाई काठमाडौं नै फर्काएको हो ।

आरए-२३९ उडान नम्बरको उक्त विमानबाट दोहा जाने २ सय ६५ यात्रुलाई राति ३ बजे निगमको अर्को वाइडबी अल्फा लिमा जुलु ९मकालु० जहाजमा पठाइएको छ । प्राविधिक समस्या देखिएको जहाजको काठमाडौंमा मर्मत हुँदैछ ।उक्त जहाजले दिउँसो १ः४५ को निर्धारित दिल्ली उडान गर्ने छ ।

प्रकाशित समय : १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु