nmb bank

गृहपृष्ठ लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक द्वारा सपथ ग्रहण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक द्वारा सपथ ग्रहण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक द्वारा सपथ ग्रहण

लुम्बिनी विकास बैंक लिमा फागुन ३० गते नियुक्त भएका स्वतन्त्र सञ्चालक जय देव श्रेष्ठले सपथ ग्रहण गरेका छन् । उनलाई संस्थाका अध्यक्ष चिन्तामणि भट्टराईले सपथ ग्रहण गराएका छन् ।

स्वतन्त्र सञ्चालक श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुन संकायमा स्नातक, एम.पि.ए. र एम.बि.ए. उपाधि हासिल गरेका छन् । उनले सरकारी निकायहरुको अधिकृत देखि सह–सचिव सम्मको उच्च पदमा रहि ३७ बर्ष भन्दा बढि सेवा गरेका थिए ।

साथै, उनले ऋण असुली न्यायाधिकरणमा लेखा सदस्यको जिम्मेवारी समेत सफलता पूर्वक निर्वाह गरेका थिए । उनको कार्यकालमा बैंकले पनि थप उन्नती, प्रगति गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।

प्रकाशित समय : ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु