nmb bank

गृहपृष्ठ सिद्धार्थ बैंक र (आई एफ सी) बीच सम्झौता

सिद्धार्थ बैंक र (आई एफ सी) बीच सम्झौता

सिद्धार्थ बैंक र (आई एफ सी) बीच सम्झौता

जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायुवित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि सिद्धार्थ बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आई एफ सी) बीच सम्झौता भएको छ । बैंकले‘ डिजिटल फस्र्ट’ अभ्यास अपनाइ सुशासन पक्षहरुमा केन्द्रित विकासलाई प्राथमिकतामा राखी समाज केन्द्रित । उक्त सम्झौताले उल्लेखित क्षेत्रहरुमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तराष्ट्रिय अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सवल बनाई आफ्ना लक्ष्यहरु हासिल गर्न थप टेवा पुग्ने विश्वास लिएको छ ।

(आई एफ सी )को ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैंकले (आई एफ सी )द्वारा आयोजित १० औं ग्लोबल ट्रेड अवार्डमा ‘बेष्ट अपरेशन्स बैंक इन साउथ एसिया २०२१’ अवार्डबाट पनि सम्मानित भएको थियो । सिद्धार्थ बैंक र (आई एफ सी) बीच नेपालका लघु, साना तथा मझौला उद्यमी (एम एस एम ई) हरुको व्यवसायमा र जलवायु वित्त पोषण (कल्याइमेट फाइनासिंग) मा लगानी गर्ने सम्झौता भईसकेको छ जस अन्तर्गत (आई एफ सी)ले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण पनि प्रदान गरेको छ।

प्रकाशित समय : ०६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु