nmb bank

गृहपृष्ठ बागमतीमा हानेपा सरकारमा सामेल, मुख्यमन्त्री जम्मकट्टेललाई राहत

बागमतीमा हानेपा सरकारमा सामेल, मुख्यमन्त्री जम्मकट्टेललाई राहत

बागमतीमा हानेपा सरकारमा सामेल, मुख्यमन्त्री जम्मकट्टेललाई राहत

बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विहिबार हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गरेका हुन् ।बज्राचार्यले आजै मन्त्री पदको शपथ लिएका छन् ।

अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छ भने एमाले केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको
छ । ११० सदस्यीय बागमती प्रदेशमा हालको नयाँ सत्ता समीकरणसँग ५५ सिट मात्र रहेकाले २ सिट रहेको हानेपा निर्णायक रहेको थियो ।

 

प्रकाशित समय : २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु