global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ शिवसेनामा प्रवेश गरे बलिउड अभिनेता गोविन्दा

शिवसेनामा प्रवेश गरे बलिउड अभिनेता गोविन्दा

शिवसेनामा प्रवेश गरे बलिउड अभिनेता गोविन्दा

बलिउड अभिनेता गोविन्दा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे नेतृत्वको शिवसेनामा प्रवेश गरेका छन् ।

बिहीबार मुख्यमन्त्री शिन्देसँगै मुम्बईस्थित शिवसेना कार्यालय पुगेर पार्टीमा प्रवेश गरेका हुन् ।

शिवसेनामा प्रवेश गरेपछि गोविन्दाले २००४ देखि २००९ सम्म राजनीतिमा रहेको र १४ वर्षपछि फेरि राजनीतिमा आउनु संयोग भएको बताए ।

शिव सेनाले मुम्बईको उत्तर(पश्चिम लोकसभा सीटबाट गोविन्दालाई टिकट दिन सक्ने बताइएको छ । यहाँबाट उद्धव गुटको शिवसेनाले अमोल कीर्तिकरलाई उम्मेदवार बनाएको छ । गोविन्दाले मार्च २७ मा पूर्व विधायक कृष्ण हेगडेसँग भेट गरेका थिए । त्यसयता उनको चुनाव लड्ने अड्कलबाजी चलिरहेको थियो ।

गोविन्दाले लोकसभा चुनाव लड्ने यो पहिलो पटक भने होइन । यसअघि २००४ मा उनले कांग्रेसको टिकटमा मुम्बई उत्तरबाट लोकसभा चुनाव लडेका थिए । सो चुनाव जितेर गोविन्दा सन् २००४ देखि २००९ सम्म लोकसभा सांसद बनेका थिए ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु