global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै

हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै

हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । आजै मन्त्री बन्ने कुरा छ, संस्कृति मन्त्री बन्ने हो’, मुख्यमन्त्री जम्कट्टेलले भने । बज्राचार्य हाम्रो नेपाली पार्टीको संसदीय दलका नेता हुन् ।

यो पार्टीले गत ९ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर समर्थन फिर्ता लिने गरेको यो पार्टीका बज्राचार्यलाई मुख्यमन्त्री जम्कट्टेलले मन्त्री नियुक्त गर्न लागेका हुन् ।

२ सिट भए पनि बागमती प्रदेशसभामा यो पार्टीको भूमिका निर्णायक छ । हानेपा सरकारमा सहभागी हुँदा अहिलेको सत्ता गठबन्धनसँग बहुमत हुनेछ ।

प्रकाशित समय : १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु