global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको नयाँ तालिका सार्बजनिक

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको नयाँ तालिका सार्बजनिक

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको नयाँ तालिका सार्बजनिक

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्बजनिक गरेको छ ।

आजको लागि तोकिएको टी-२० सिरिजको पहिलो खेल बर्षाले हुननसकेपछि क्यानले नयाँ तालिका सार्बजनिक गरेको हो ।

नयाँ तालिका अनुसार अब नेपाल ए ले मार्च २९, ३० र अप्रिल १ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिममा विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु