nmb bank

गृहपृष्ठ गगन थापाको टिप्पणी-बा र भगवान प्रश्नभन्दा माथि !

गगन थापाको टिप्पणी-बा र भगवान प्रश्नभन्दा माथि !

गगन थापाको टिप्पणी-बा र भगवान प्रश्नभन्दा माथि !

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका छन् ।

नवलपरासीबाट स्थगित संवाद यात्राको थालनी गर्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्वलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका हुन् ।

उनले भने- एमाले कस्तो पार्टी बन्यो भने पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्नै नपाइने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा, बा प्रश्न भन्दा माथि ।

महामन्त्री थापाले रास्वपामथि अनि व्यंग्य गर्दै नयाँ पार्टीमा पनि अध्यक्षलाई भगवानको दर्जा दिइएको बताए । उनले भने-नयाँ पार्टीमा पनि त्यस्तो छ, अध्यक्ष भनेको भगवान, भगवानलाई प्रश्न गर्न नपाउने, भगवान प्रश्न भन्दा माथि, भगवानले ठगे पनि हुने, भगवानले लुटे पनि हुने, त्यस्तो पार्टी पनि हुन्छ । तर हामीले त्यस्तो पार्टी नबनाउने भन्यौं ।

महामन्त्री थापाले कांग्रेस भित्र भित्र अन्तर पार्टी लोकतन्त्रको अभ्यास गरिरहेको बताउदै कार्यकर्तासँग बसेर आफ्ना समस्या बारे छलफल गर्न सकिने र गरिरहेको बताए । उनले टिकट वितरणको अहिलेको प्रणालीलाई छलफल गरेर समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित समय : १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु