global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बर्षाका कारण टी-२० खेल रद्ध

बर्षाका कारण टी-२० खेल रद्ध

बर्षाका कारण टी-२० खेल रद्ध

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ ।

लगातारको बर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो ।

टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि शुरु हुने तालिका रहेको थियो ।

नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिममा विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

 

प्रकाशित समय : १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु