global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा

इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा

इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा

मेड इन नेपाल नारासहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पुरा भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ देखि २६ सम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजकले ललितपुरमा आयोजित पत्रकार सम्मलनमार्फत जानकारी गराएको छ ।

ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, दक्षिण कोरिया लगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामनहरु इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ ।

ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्शको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहना लगायतका सामग्री प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

ललितपुर चेम्बर अफ कमर्सले इण्ट्ररडक्सन ट्रेड शो नेपाल प्रा.लि सँगका सहकार्यमा पहिलो पटक ललितपुरको मुख्यकेन्द्र बिन्दु जावलाखेल फुटबल ग्राउण्डमा आयोजना गर्न लागेको एक्स्पोमा मेड ईन ललितपुर जसमा ललितपुरमा उत्पादन हुने मौलिक  समानहरु र दैनिक उपभोग्य सामानहरुका आफ्नो ब्राण्डको परिचित गराउने र ललितपुरको विभिन्न वडाहरुबाट उत्पादन हुने विभिन्न सामानहरुको प्रर्दशनी रहने अध्यक्ष शाक्यले बताए ।

साथै महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको उद्यमी व्यवसायीहरुले पनि आफ्नो उत्पादनलाई प्रर्दशनी गराउने र आकर्षणको रुपमा अमूर्त संम्पदा र कला संस्कृतिको प्रर्दशनी, फेसन शो र बालबालिकाहरुको लागि किड जोन राख्नुको अतिरिक्त थप आकर्षणको रुपमा यस एक्स्पोमा सहभागी विभिन्न छिमेकि मित्र राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीहरुको सहभागीता रहने छ ।

एक्स्पोले सार्क राष्ट्रबीचको कला संस्कृति र रितीरिवाज आदान प्रदान गर्न उत्कृष्ट भुमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पु¥याउने अमूर्त सम्पदा र कला संस्कृतिको प्रस्तुतिमा कुमारी नाच, भैरव, योगिनी, सप्तलोचनी र ताराको नृत्य प्रस्तुत गरिने इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी अधिकृत सुमन महर्जनले बताए।

पहिलो पटक आयोजना गर्न लागेको एक्स्पोमा राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छ । आर्थिक गतिविधिलाई बढाउनुको र दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको छ ।
सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको र मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रबद्धनमा सघाउ पुग्ने छ । यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीहरुलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको छ ।

मेलाको आकर्षणको रुपमा खानाको विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्कि, मलेसिया, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको करिब १०० भन्दा बढि स्टलहरु रहने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए ।

मेलाको आकर्षणको रुपमा ललितपुरमा उत्पादित काठबाट बनाइएका कलाकृर्तिहरु, मूर्ति, कार्पेट र कपडाको जीवन्त प्रर्दशन गरिने छ ।

प्रथम पटक हुन गैरहेको यस एक्स्पोंले नेपालको परिस्थितीमा आर्थिक चलाएमान गर्न र नेपालमा उत्पादन भएका सामानहरु अन्तराष्ट्रिय बजारमा पु¥याउन मदत गर्ने छ

प्रकाशित समय : १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु