nmb bank

गृहपृष्ठ गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार उनी बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको
हो ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय यस बैंकमा स्थापना कालदेखि कार्यरत रहेका थिए । १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत रुपमा कार्यरत उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन÷प्राध्यापन पेशामा संलग्न थिए ।

प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल यही चैत्र मसान्तमा समाप्त हुने लगतै २०८१ बैशाख १ देखि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको हो ।
बैठकले यस बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई २०८० चैत्र १५ देखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित समय : १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु