global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ आइपिएलमा सनराइजर्सको किर्तिमानी ब्याटिंग

आइपिएलमा सनराइजर्सको किर्तिमानी ब्याटिंग

आइपिएलमा सनराइजर्सको किर्तिमानी ब्याटिंग

इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले नयाँ किर्तिमान बनाएको छ ।

सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध कीर्तिमानी २७७ रन बनाएको छ । टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ३ विकेट गुमाउदै २७७ रन बनाएको छ ।

सनराइजर्सका लागि हेइनरिक क्लासेनले सर्बाधिक ३४ बलमा ८० रन अविजित बनाएका थिए । त्यसैगरी अभिषेक शर्माले २३ बलमा ६३ र ट्राभिस हेडले २४ बलमा ६२ रन बनाएका थिए । त्यसैगरी एडन मार्क्रमले २८ बलमा अविजित ४२ रन बनाएका थिए ।

मुम्बईका लागि हार्दिक पाण्डेय, गेराल्ड कोत्जे र पियुष चावलाले एक एक विकेट लिएका थिए ।

सनराइजर्सले आइपिएलको इतिहासमा अहिलेसम्मको सर्बाधिक टोटल बनाएको छ । यस अघि आइपिएलमा २०१३ मा रोयल च्यालेन्जर्स बैंगलुरुले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

प्रकाशित समय : २२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु