nmb bank

गृहपृष्ठ भुकम्पपछि फेरीयो राइनासकोटको मुहार

भुकम्पपछि फेरीयो राइनासकोटको मुहार

भुकम्पपछि फेरीयो राइनासकोटको मुहार

लमजुङ जिल्लाको राइनासकोट शाहवंशीय राजाको उद्गमस्थल हो । भूकम्पले क्षतिग्रस्त राइनासकोट पछिल्लो समय पर्यटकको प्रमुख गन्तव्य बनेको छ ।

लमजुङको राइनास नगरपालिका ९ मा रहेको ऐतिहासिक राइनासकोटमा पुनःनिर्माण गरिएका १४ घरमा घरबास पर्यटन सञ्चालन गरिएसँगै राइनासकोट पुग्ने पर्यटक बढेका हुन् ।

अमेरिकी नागरिक नतासा वाजनियाकको पहलमा राइनासकोटमा १४ घर पुननिर्माण गरिएका छन् । डेढ करोड बढीको लगानीमा स्थानीय महत्व झल्कने भूकम्प प्रतिरोधी घर बने ।

रित्तिन लागेको गाउँ भूकम्प गएपछि जुर्मुराएको स्थानीय धनमाया गुरुङले बताइन् । ‘पानी, बिजुली, बाटोघाटोको समस्याले गाउँ रित्तिनै आँटेको थियो भूकम्प गएपछि गाउँ फेरि जुर्मुराएको छ’, गुरुङले भनीन्, । केही वर्ष पहिले आवश्यक विकासका पूर्वाधारसमेत नहुँदा राइनासकोटका बासिन्दा धमाधम अन्यत्र बसाइँ सर्ने गर्थे तर पुननिर्माणपछि गाउँमै होमस्टे सञ्चालन गरेर दैनिकि गुजारेका छन् ।

राइनासकोटमा दैनिक ३०÷४० जना पर्यटक आउने गरेको होमस्टे सञ्चालक एवम् राइनास नगरपालिकाका नगरप्रमुख खड्कवहादुर गुरुङले बताए । उनले भने, ‘१४ घरमा होमस्टे सुरु गर्ने योजना अनुसार १४ वटै घर निमार्ण गरियो । हाल १४ घरमा होमस्टे सञ्चालन गरिएको छ । एक दिनमा ८४ जनासम्म राख्न सकिने क्षमता रहेको गुरुङले बताए ।

होमस्टेमा अर्गानिक खानाका परिकारसँगै स्थानीय खसी तथा कुखुराको मासु खुवाउने गरिएको छ ।
राइनासकोटको होमस्टेमा लमजुङ, तनहुँ, गोरखासहित काठमाण्डौ, पोखरा, चितवनलगायतका देशका विभिन्न ठाउँबाट दैनिक पर्यटकहरु आउँछन् ।

होमस्टे सञ्चालकका अनुसार राइनासकोटको होमस्टेमा एक रात बसेको पर्यटकले ४ सय रुपैयाँ, लोकल कुखुराको मासुसहितको एक छाक खानाको ३ सय रुपैयाँ, र सादा खानाको १ सय ५० रुपैयाँ तिर्नुपर्छ । गाउँमा होमस्टे सञ्चालन भई स्थानीयले मनग्य कमाउन थालेसँगै गाउँ छोडी अन्यत्र गएका पनि गाउँ फर्कन थालेका छन् ।

अहिले ४ घरधुरी गाउँ फर्किसकेका छन् । गाउँमा अहिले सडक, पानी, बिजुलीको र इन्टरनेटको सुविद्या पनि छ । पहिले खेतीपाती गरेर जीवन गुजार्ने स्थानीय अहिले होमस्टे व्यवसायबाटै मनग्य कमाएका छन् ।

राइनासकोटबाट बिहानैको मनमोहक सूर्योदय र साँझपखको सूर्यास्तको दृश्य, आँखै अगाडि ‘बादलुको घुम्टो’ ओढी मुस्कुराएका हिमाल, नागबेली पारामा बगेका चेपे र मस्र्याङ्दीको लोभलाग्दो दृश्य, बाइसेचौबिसे राज्य शासनमा निर्माण गरिएका ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै कोट, किल्ला र गढीहरुको अवलोकन गर्न सकिन्छ ।

सर्वोदय सेवा आश्रमका संस्थापक अध्यक्ष एवम् सामाजिक अभियन्ता कृष्णराज ओलियाका अनुसार अनुसार राइनास नगरपालिका–९, मा रहेको राइनासकोटबाट १ सय ८० डिग्रीको बिन्दुबाट एकै पटकमा बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वेन्टी नाइन, गणेश, माछापुच्छ्रेलगायत १८ वटा हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ ।

गाउँमा स्थानीयको कला, संस्कृतिलाई जोगाउन संग्रहालयसमेत स्थापना गरिएको छ । राइनासकोटबाट लमजुङ हिमालसहित मनास्लु, अन्नपूर्ण, माछापुच्छ«ेका साथै धवलागिरिजस्ता हिमालको एकसाथ अवलोकन गरी पर्यटक रमाउने गरेका छन् ।

लमजुङको प्रवेशद्वारा पाउँदीबाट तीनघण्टाको पैदल यात्रा र दुईघण्टाको सवारी यात्रापछि राइनसकोट पुग्न सकिन्छ । नेपालका बाइसेचौबिसे राज्यकालमा तत्कालीन राजकुमार द्रव्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट १३ किलोमिटर हुँदै दूधपोखरीमार्ग र त्यहाँबाट झण्डै २० मिनेटको सिँढी उक्लनुपर्छ ।

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु