nmb bank

गृहपृष्ठ अब कोरियाली पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न पाउने

अब कोरियाली पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न पाउने

अब कोरियाली पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न पाउने

कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक कम्पनी फोन पे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान कम्पनी जिएलएन इन्टरनेशनलबिच क्रस-बोर्डर क्युआर भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने छन् । जसमा कोरियाबाट नेपाल आउने जिएलएन प्रयोगकर्ताहरूले ‘हाना क्यू ’, ‘केबी वालेट’, ‘आईएम बैंक’, ‘टस’, ‘हान मनी’ र ‘जिएलएन’ एप जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा ‘रियलटाइम पेमेन्ट क्युआर’ भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

नेपाल र कोरिया बीच क्रस–बोर्डर क्युआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु