nmb bank

गृहपृष्ठ डिटी ९७७ एमएक्स च्याम्पियनसिप सिरिजको सुरुवात

डिटी ९७७ एमएक्स च्याम्पियनसिप सिरिजको सुरुवात

डिटी ९७७ एमएक्स च्याम्पियनसिप सिरिजको सुरुवात

धुलिखेलस्थित नेपालको पहिलो र एक मात्र मोटोक्रस रेसट्र्याकडर्ट टेम्पलले, डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजको सुरुवात गरेको छ ।जनवरीदेखि सुरु भएको यो च्याम्पियनसिरिज नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप हो । पाँच वटा रेससम्मको यस सिरिजले नेपाली मोटोस्पोर्टसलाई उचाइँमा पु¥याउन र नेपाली रेसिङ प्रतिभाको नयाँ पुस्तालाई प्रबर्दन गर्ने प्रयास गरेको छ । यस च्याम्पियनसिरिजको तेस्रो रेस सम्म पुरा भइसकेको छ । चौथौँ रेस मार्चको २८ र ३० गते हुने छ भने फाइनलअर्थात पाँचौँ रेस एप्रिलको २५ र २७गते धुलिखेलमाहुने छ । हालसम्मको रेसमा रिजन खड्की ६३ पोइन्टले अगाडी रहेका छन् भने खुलामाअनमोल सापकोटा ९४ पोइन्ट्स ल्याएर अग्रपंग्तिमा रहेका छन् ।

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजले रेसरहरूलाई उनीहरूको सीप, प्रतिभा, र धैर्यशीलतालाई चुनौती दिने दृश्य प्रस्तुत गरेको छ । अभ्यास सत्र, क्वालिफायर र फाइनल रेससहित एप्रिलमायस च्याम्पियनसिप पुरा हुने छ । यसकालागिनिरन्तरप्रतिस्पर्धा र अभ्यास भइरहेको आयोजकले बताएका छन् ।

“यो च्याम्पियनसिप नेपाली मोटोस्पोर्टसका लागि महत्वपूर्ण उपलब्धि हो,“डर्ट टेम्पललकाइजब बरुण भन्छन्,“हामी स्थानीय रेसरहरूलाई उनीहरूको क्षमता देखाउने मञ्च उपलब्ध गराउने मात्र नभएर हाम्रो देशमा मोटोक्रसको विकास र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बाटो प्रशस्त रहेको देखाउनपनिपहलगरिहेका छौँ ।

यस सिरिजमा दुई वर्ग रहेका छन् । खुला वर्गका लागि स्टक २५० सिसी मोटरसाइकलमा चढ्ने नयाँरेसरहरू छन् भने एलिट वर्गमाप्रोफेसनल रेसरहरू छन् । २९ जना रेसरहरूमध्ये एलिटमा ९ जनार २० जनाखुला वर्गमा रहेका छन् । उनीहरुले रेसपछि उपाधी र क्यास प्राइजहरु जित्नेछन् । साथै एलिट वर्गको एक विजेताले भने क्रसफायर ट्र्याकर २५० मोटरसाइकल पाउनेछन् ।

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजडर्ट टेम्पलको युट्युब च्यानलमार्फत लाइभ प्रसारणपनिहुने छ । साथै धुलिखेलमाखानाका स्टलहरूर मनोरञ्जनात्मक कार्यक्रमहरू समेताआयोजनागरिने आयोजकले बताएका छन् ।
यस सिरिजलाई क्रसफायर मोटरसाइकल्स नेपाल, रिस मोटो, एमएके लुब्रिकेन्ट्स नेपाल, आईएमई पे, वर्ल्डलिंक, प्याराडाइम स्पोर्ट्स नेटवर्क, र रेडबुल नेपालले प्रायोजन गरेका छन् । डर्ट टेम्पल रेसर विकासमा केन्द्रित रहनुका साथै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै र नेपालको मोटोक्रस क्षेत्रलाई विश्व स्तरमा पु¥याउने प्रतिबद्ध छ ।

डर्ट टेम्पल बारे

डर्ट टेम्पल नेपालकै पहिलो र एक मात्र मोटोक्रस रेसट्र्याक हो, जसले रेसरहरूलाई उनीहरूको प्रतिभा देखाउने, आफ्नो सीपलाई सम्मान गर्ने र व्यावसायिक स्तरसम्म उनीहरूको महत्वाकांक्षालाई उचाइँ दिने मञ्च प्रदान गर्दछ। राजधानी शहरबाट ३२ किलोमिटर टाढा धुलिखेलको मुटुमा अवस्थित, डर्ट टेम्पलले नेपालमा मोटरस्पोर्टस र रेसिङकल्चरलाई बढावा दिने लक्ष्य राखेको छ। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने नयाँ पुस्ताका रेसरहरू तयार गर्नु डर्ट टेम्पलको उदेश्य रहेको छ।

 

प्रकाशित समय : १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु