global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जून ओर्लेको रात

जून ओर्लेको रात

जून ओर्लेको रात
युवा कवि सञ्जीव पौडेलको ‘जून ओर्लेको रात’ कविता सङ्ग्रह बजारमा आएको छ । पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेलको यो दोस्रो साहित्यिक कृति हो । यसअघि उनको २०७४ सालमा ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो ।
कविता संग्रहमा प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध पक्ष समेटिएका ५७ ओटा कविता प्रस्तुत गरिएको छ । समाजको विद्यमान विकृति विसङ्गतिलाई उल्लेख गर्दैै ‘जून ओर्लेको रात’ को ‘शिक्षा’ शीर्षकको कवितामा उनि भन्छन्
“मेरो छोरो
सन्तुलित आहार पढ्छ किताबमा
र भान्छामा
असन्तुलित आहारा खान्छ ।
मेरी छोरी
पढ्छे शारीरिक व्यायाम
तर
सुत्छे घाम तन्नेरी भएसम्म ।।”
कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथालगायत साहित्यिक विधामा कलम चलाउने पौडेल समालोचनाका क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । पोखरेली साहित्यको विकासका लागि सञ्चालित ‘पुछारसिटे’ अभियानका संयोजकसमेत रहेका पौडेल नेपाली लेखक सङ्घ गण्डकी प्रदेशको महासचिव छन् ।

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु