nmb bank

गृहपृष्ठ लोडसेडिङ हुन लागेको हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत

लोडसेडिङ हुन लागेको हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत

लोडसेडिङ हुन लागेको हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिमा बैठकमा बोल्दै मन्त्री बस्नेतले मिडियामा समाचारहरु आएअनुसारको समस्या नभएको बताए । ‘हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्छ । त्यो प्रक्रियामा छौं । बाहिर आए जस्तो अवस्था होइन, ‘ उनले भने ।

भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण नभएपछि ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जा सचिवलाई टेलिफोन गरेको समाचार मंगलबार क्लिकमान्डुमा पोस्ट भएको थियो ।

भारतीय प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) बाट बिजुली आयातको अनुमति नवीकरण नभएर लोडसेडिङ गर्नुपर्ने अवस्था आउन लागेपछि सचिव सिग्देलले फोन गरेका थिए ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसबारे सिग्देललाई बिफ्रिङ गरेका थिए ।तर उर्जामन्त्री बस्नेतले भने लोडसेडिङ हुने अवस्था नरहेको दाबी गरेका हुन् ।

 

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु