nmb bank

गृहपृष्ठ कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प छैन  : मुख्यमन्त्री कार्की

कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प छैन  : मुख्यमन्त्री कार्की

कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प छैन  : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताए ।

नेपाल क्षयरोग निवारण संस्थाको ४४औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा आज मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताए । “पूर्व मुख्यमन्त्री हिक्मत कार्की लगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेकाले उनको नै अनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु”, उनले भने, “त्यसैले पूर्वमुख्यमन्त्रीले दिएकै मन्त्रअनुसार सर्वदलीय सरकार लगायत विकास निर्माणको बजेटसमेत कार्यान्वयनमा लागेको छु ।”

मुख्यमन्त्री कार्कीले संविधान अनुसार सरकार चल्ने बताए । “संविधानअनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन”, उनले भने, “त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन ।”

प्रकाशित समय : २२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु