global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ दुई कम्पनीको संस्थापक शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक

दुई कम्पनीको संस्थापक शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक

दुई कम्पनीको संस्थापक शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्रै यस कम्पनीको संस्थापक सेयर खरिदका लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार आवेदकले न्यूनतम १० हजार र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सक्नेछन् । आइतबारदेखि चैत १३ गतेसम्मका लागि आवेदन खुला हुनेछ । आवेदक संस्थाले प्रतिकित्ता न्यूनतम मूल्य ७५३ रुपैयाँ तोकेर बोलकबोल आवेदन प्रक्रियामा सहभागी हुन सक्छन् ।

 

त्यस्तै बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता संस्थापक सेयर पनि बिक्री गर्ने भएको छ । न्यूनतम मूल्य प्रतिकित्ता २४५ रुपैयाँ कायम गर्दै आइतबारदेखि लिलामी बोलकबोल आवेदन खुलाइएको छ । इच्छुक विद्यमान संस्थापक तथा अरु व्यक्ति वा संघसंस्थाले चैत १३ गतेसम्म आवेदन दिन सक्ने एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

 

 

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु