nmb bank

गृहपृष्ठ खुदो माग बढ्यो पुर्याउनै मुस्किल

खुदो माग बढ्यो पुर्याउनै मुस्किल

खुदो माग बढ्यो पुर्याउनै मुस्किल

प्राचीन कालदेखि नै खुदोले चिनिएको क्षेत्र पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन ढोडबेँसी । प्रत्येक वर्षको पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति यहाँको खुदो किन्ने र खाने प्रचलन प्राचीन कालदेखि नै चल्दै आएको थियो । तीन दशक अघिसम्म पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने प्रचलन नै थियो ।

पछिल्लो समयमा यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि यहाँको खुदोले अहिले पनि उत्तिकै चासो र चर्चा कमाएको छ । पोखरामा मात्रै नभएर यहाँको खुदोको माग राजधानी काठमाडौँसम्म पनि हुने गरेको छ । कास्की, तनहुँ आसपासका क्षेत्रमा जन्मथलो भई विभिन्न सेवा पेशा र व्यवसायका कारण राजधानी र अन्य शहरमा बस्दै आएका व्यक्तिले वर्षेनी यहीँबाट खरिद गरी खुदो लैजाने गरेको यहाँका स्थानीयवासी बताउँछन् । यहाँको खुदोको माग बढिरहे पनि कृषिप्रतिको अनिच्छा लगायतका कारण माग अनुसार पु¥याउन नसकिएको स्थानीयवासी बताउँछन् ।

मालेपाटन ढोडबेँसी क्षेत्रमा उखु खेती सुरु गरिएको यकिन तिथिमिति नभए पनि करिब दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन रहेको बुढापाकाको भनाइ छ । खुदो यस क्षेत्रको विशिष्ट पहिचान रहेको र यहाँका स्थानीयवासी व्यावसायिक उखुखेतीमा आकर्षित बनेको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले बताए . दुई सय वर्षदेखिको उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै यसलाई अझै व्यावसायिक बनाउने तर्फ जोड दिइएको उनले बताए ।

सामान्यतः पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपासका क्षेत्रमा खुदोको कारोबार हुने गर्दछ । नेपाली संस्कृतिअनुसार पुसे पन्ध्रमा लट्टे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले पनि यस अवधिमा यसको खोजी हुने गर्दछ । उखु लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ ।

समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु एक दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको छ । कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप हुन लागेको वास्तविकतामा यहाँका स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन् ।

व्यावसायिकताको प्रयाससँगै सङ्गठित बनेका यहाँका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरी सञ्चालनमा ल्याएका छन् । सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवम् बजारीकरणसँगै बाख्रा, कुखुरा पालनलगायत लगानी गरिँदै आएको छ ।

मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा ७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुने गरेको थियो । पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदै गएको छ ।

उखु लगाएको एक वर्षमा काट्नका लागि तयार हुने र काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ । अनी रस पकाइन्छ । उक्त रसलाई घण्र्टौँ पकाएपछि खुदो तयार हुन्छ । यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउँथे । यस क्षेत्रमा २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी यन्त्रका माध्यमबाट उखु पेल्ने गरिएको छ । यस वर्ष माघ महिनामा नै यस क्षेत्रमा उत्पादित खुदो सकिएको स्थानीयवासी तारानाथ रिजालले जानकारी दिए ।

खुदो मागअनुसार आपूर्ति गर्न नसकिएको ÷ पोखरा महानगरपालिकाको सहयोगमा विगत दुई वर्ष यता यहाँको खुदोलाई ब्राण्डिङ गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको छ । एक वडा एक पकेट कार्यक्रम अन्तर्गत यहाँ उखु खेतीको विस्तारका लागि अघिल्लो वर्ष पोखरा महानगरपालिकाले १२ लाख उपलब्ध गराएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

गत वर्ष हावा हुरीका कारण उखु खेतीमा केही असर पारेको खुदोको माग वर्षेनी बढ्दै गरेकाका÷ आपूर्ति गर्न धौधौ हुनेगरेको छ” उत्पादन बढाउन सकेमा त्यसले स्थानीयको आयआर्जन बढाउने र स्वरोजगारी सिर्जना गर्नेउनले बताए । खुदो पहिचान भएकाले यसको ब्राण्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको र आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए ।

विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकोमा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन् । उखुमा लाग्ने गरेको ढुसीजन्य रोग, हावाहुरीको समस्या आदि चुनौतीका रुपमा रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित समय : १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु