nmb bank

गृहपृष्ठ लाइफ इन्स्योरेन्स कर्पोरेशनको नयाँ बोनसदर सार्वजनिक

लाइफ इन्स्योरेन्स कर्पोरेशनको नयाँ बोनसदर सार्वजनिक

लाइफ इन्स्योरेन्स कर्पोरेशनको नयाँ बोनसदर सार्वजनिक

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आवको वित्तीय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक, जीवन बीमा, जीवन साथी र जीवन श्री बीमा योजनामा बीमितले न्यूनतम ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म प्रतिवर्ष र प्रतिहजार रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै, जीवन आनन्द बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्ने भएका छन् । कम्पनीले बाल सावधिक बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यसैगरी, धन वृष्टि बीमा योजनामा न्यूनतम ५५ रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनसदर तोकिएको छ । धनफिर्ता बीमा योजनामा भने बीमालेख अवधि अनुसार न्यूनतम ५६ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

त्यस्तै बाल ममता र बाल स्नेह बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाउने भएका छन् भने जीवन तरंग बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन् ।

कम्पनीले न्यू जीवन तरंगमा बीमालेख अवधिअनुसार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यसैगरी जीवन बचतमा बीमितले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६६ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु