nmb bank

गृहपृष्ठ बैंकिङ कसुर मुद्दामा साढे २६ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दामा साढे २६ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दामा साढे २६ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दामा जरिवाना र कैद सजाय तोकिएर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको साविक मल्पी गाविस ३ परिवर्तित पनौती नगरपालिका–८ घर भई हाल ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने वर्ष ५० को कान्छा लगुन रहेका छन्।

बैंकिङ कसुर (मुद्दा नं. ०७९सीबी२९३९) मुद्दामा उच्च अदालत पाटनको मिति २०८० वैशाख १७ गतेको फैसलाले उनलाई ४ दिन कैद, बिगो १३ लाख रुपैयाँ जाहेरवालालाई भराई बिगो बमोजिम १३ लाख जरिवाना र क्षतिपूर्ति वापत पीडित राहतकोषमा ५२ हजार रुपैयाँ जम्मा गराउने ठहर भएको थियो।

फरार रहेका लगुनलाई बिहीबार (फागुन १० गते) लगनखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित समय : २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु