nmb bank

गृहपृष्ठ सरकाले घटायो २ खर्ब २० अर्ब बजेट

सरकाले घटायो २ खर्ब २० अर्ब बजेट

सरकाले घटायो २ खर्ब २० अर्ब बजेट

सरकारले चालू आर्थिक वर्षको बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ । आज अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको अर्धवार्षिक समिक्षामार्फत आकार घटाएका हुन्।

महतले बजेट १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका हुन् ।

चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको कार्यक्रममा जानकारी दिइयो ।

त्यस्तै चालूतर्फ कुल ८८.८४ प्रतिशत, पूँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुनेगरी लक्ष्य निर्धारण गरिएको छ ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु