nmb bank

गृहपृष्ठ हिमालयन डिष्टिलरीको नाफा २७ प्रतिशतले घट्यो

हिमालयन डिष्टिलरीको नाफा २७ प्रतिशतले घट्यो

हिमालयन डिष्टिलरीको नाफा २७ प्रतिशतले घट्यो

हिमालयन डिष्टिलरी लिमिटेडले चालु अर्थिक वर्ष ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार २७.१५ प्रतिशतले आम्दानी घटेको छ ।

गत आवको पुस मसान्तसम्ममा १ अर्ब २९ करोड ४४ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा ९५ करोड ५९ लाख ४५ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ । गत वर्षको तुलनामा ४४.३८ प्रतिशतले नाफा घटेको हो । गत आवको ६ महिनामा २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीको खुद बिक्री आम्दानी २६.१५ प्रतिशतल, कुल नाफा ३०.७३ प्रतिशतले, सञ्चालन आम्दानी २९.१३ प्रतिशतले र सञ्चालन मुनाफा ४१.७६० प्रतिशत घटेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९८ पैसाले घटेर १२ रुपैयाँ २५ पैसा कायम भएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३९.७९ गुणा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४८ करोड १५ लाख रुपैयाँ सञ्चित छ ।

 

प्रकाशित समय : १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु