nmb bank

गृहपृष्ठ सानिमा रिलायन्स लाईफले कमायो २१ करोड ९७ लाख नाफा

सानिमा रिलायन्स लाईफले कमायो २१ करोड ९७ लाख नाफा

सानिमा रिलायन्स लाईफले कमायो २१ करोड ९७ लाख नाफा

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ९६.४७ प्रतिशतले बढेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ११ करोड १८ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ जम्मा भएको छ । गत आवको सोहि अवधिमा कम्पनीको उक्त कोषमा १० अर्ब ९१ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले कुल बीमाशुल्क संकलन दोब्बरले बढाएको छ । चालु आवको दोस्रो त्रैमासम्ममा कम्पनीले २ अर्ब ७८करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले १ अर्ब १८ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

हाल ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ चुँक्ता पुजी रहेको कम्पनीको प्रति शेयर आम्दानी १०.५० रुपैयाँ, नेट वर्थ १२५.४४ रुपैयाँ र पीई रेसियो ४४.४७ गुणा रहेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीले दिर्घकालिन रुपमा १० अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी अल्पकालिन रुपमा ४ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित समय : ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु