nmb bank

गृहपृष्ठ राज्य व्यवस्था तथा सुशासनसहित तीन समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासनसहित तीन समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासनसहित तीन समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान १० बजे संसद सचिवालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा अध्यागमनमा देखिएका समस्या, मानव तस्करी र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि सिंहदरबारमा बस्दैछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

यस्तै आज सार्वजनिक लेखा समितिको बैठक पनि बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा गौतम बुद्धको अस्ति धातु समाधिस्थ गरिएको रामग्राम क्षेत्रमा उत्खनन तथा बौद्ध स्तुपा निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोष र द प्रमिस्ड ल्याण्ड प्रालिबीच भएको समझदारी सम्बन्धमा छलफल हुनेछ ।

 

प्रकाशित समय : १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु